रामेछाप भ्युटावर उद्धघाटन


रामेछाप -जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ र ७ को संगमस्थल भालुखोप डाँडामा निर्माण भएको रामेछाप भ्युटावरबाट आज देखि रमणिय दृश्य हेर्न पाईने भएको छ ।

रामेछाप नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको भ्युटावर निर्माण सम्पन्न भएलगतै रुद्रि पुजा लगाएर नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले उद्धघाटन गरेका हुन् ।

रामेछाप नगरपालिकाको पर्यटकिय स्थलको रुपमा रहेको भालुखोप डाँडामा भ्युटावर बनेँसँगै आन्तरीक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने नगरपालिकाको दावी छ ।

भालुखोप भ्युटावरबाट पोकली झरना,जानकी मन्दिर,तारकेश्वर महादेव मन्दिर,गणेशटार मन्दिर सहित रामेछाप,सिन्धुली तथा ओखलढंगाका विभिन्न भूभागहरुको दृश्यअवलोकन गर्न सकिने वडा नं ७ का वडाअध्यक्ष समिर कार्की बताउँछन् ।

रामेछाप नगरपालिकाको १ करोड ४१ लाख लागतमा सुनकोशी कन्स्ट्रकसन नेपाल प्रालिले उक्त भ्युटावर निर्माण गरेको हो ।

प्रतिक्रिया