नागरिकप्रतिको कर्तव्य र दायित्व पूरा गर्न प्रयास गर्छौं : गृहमन्त्री खाण


सिन्धुपाल्चाेक – गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपदबाट  हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने मेलम्ची खोलामा निर्माण गरिएको बेलीवृजको उद्घाटन गर्दै उनले प्रकृति विपद्बाट हुने क्षति न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनका लागि कदम आवश्यक चाल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

मन्त्री खाणले भने, ‘पीडामा परेका नागरिकको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, साधनस्रोत कमी भए पनि सरकारको जवाफदेही र जिम्मेवारी बढी छ, प्रहरी प्रशासनबाट नागरिकप्रतिको दायित्व निर्वाह भरमग्दुर प्रयास हुँदै आएको छ ।’

प्रतिक्रिया