माैसममा सुधार : वर्षा–हिमपात रोकियो, आज देशभर घाम लाग्ने सम्भावना


काठमाडाैँ – आज (आइतबार) मौसस सुधार भएर देशभरजसो घाम लाग्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।  आज बिहान मौसम पूर्वानुमान महाशाखाका वष्ठि मौसमविद् निराजन सापकोटाले दिएको जानकारीअनुसार आज देशभर कतै वर्षा–हिमपातको सम्भावना देखिएको छैन।

‘आज दिउँसो घाम लाग्छ’, उनले भने, ‘भोलि आंशिक बदली र उच्च हिमाली तथा पहाडी भेगमा कतै कतै हिमपात हुने देखिएको छ।’

प्रतिक्रिया