कुन मन्त्रालय सम्हाल्दै छिन् सुजाता कोइराला ?


काठमाडौं – नेपाली कांग्रेसकी नेता सुजाता कोइराला मन्त्री बन्ने भएकी छन्। कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने ‘अफर’ गरेका छन्।

तर, रक्षा मन्त्रालय समेत खाली भएकाले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषयमा सुजाताले आफू निकटसँग छलफल गरिरहेकी जनाइएको छ। ‘मन्त्री बन्ने पक्कापक्की नै हो। उद्योग मन्त्रालयको नेतृत्व गर्ने कि रक्षा मन्त्रालय भन्ने यकिन भइसकेको छैन। यी दुईमध्ये १ मन्त्रालय सम्हाल्ने भन्ने निश्चित छ,’ कोइराला निकट स्रोतले जनाएकाे छ ।

प्रतिक्रिया