तीव्र गतिको कन्टेनर बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु


काठमाडौँ – चितवनको भरतपुर– १२ वसन्तचोकमा बिजुलीको पोलमा कन्टेनर ठोकिँदा चालकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३ – ००१– ००५ ख ९९७० नम्बरको कन्टेनर तीव्र गतिको कारण अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कन्टेनर चालक सर्लाहीको लालबन्दी नगरपालिका घर भएका मेघराज खत्रीको उपचारका क्रममा मृत्यु भएको हो।

उनको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। कन्टेनर ठोकिँदा दुईवटा बिजुलीका पोल ढलेका छन्।

प्रतिक्रिया