

प्रधानमन्त्री ओलीलाई नेकपाले कारबाही गरेको पत्र निर्वाचन आयोगमा, लिलामणि पोखरेल हुलाकी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाहीको निर्णय गरेको पत्र निर्वाचन आयोगमा पुराइएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहको सक्रियतामा उक्त पत्र निर्वाचन आयोगमा पुराइएको हो। पूर्वमाओवादी केन्द्रका नेता रहेका लिलामणि पोखरेलले उक्त पत्र निर्वाचन आयोगमा पुराएका हुन्।
आयोग स्रोतका अनुसार नेकपाको पत्र आइपुगेको छ। पत्रमा के उल्लेख छन् भन्ने विषयमा भने सबै खुलीसकेको छैन।

