आहा रारा गोल्डकपको फाइनल : हाेम ग्राउन्डकाे फाइदा लिने दाउमा मनाङ र रणनीति बनाउँदै एपीएफ


काठमाडाैँ – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल एपीएफ र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । शनिबार हुने फाइनल खेलसहित मनाङले १२ औँ पटक आहा राराको उपाधि भिडन्त गर्न लागेको हो।

उता १४ वर्षपछि फाइनलमा पुगेको एपीएफ पहिलो उपाधिको खोजीमा मैदान उत्रिनेछ। मनाङले ६ पटक आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ।

मनाङका प्रशिक्षक फुजा तोपेले शनिबारको खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने बताए। उनले एपीएफ पछिल्लो समय लयमा देखिएको उल्लेख गरे।  एपीएफका प्रशिक्षक कुमार थापाले आफूहरुको तयारी राम्रो भएकाले उपाधि जित्ने सम्भावना बलियो रहेको बताए।

सेमिफाइनलमा एपीएफले मछिन्द्रलाई ३–१ ले तथा मनाङले त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्।

प्रतियोगिताको फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछ। प्रतियोगितामा विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया