
प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको भेट
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताबीच समसामयिक राजनीतिक घटना र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ ।
सत्तागठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे पनि हुने गरी व्यवस्था रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्।



कागजपत्र |
