बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मी कोरोना संक्रमित


काठमाडाैं – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१६ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको हो ।

यति धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो ।

संक्रमित हुने चिकित्सक, नर्स र हेल्परको संख्या क्लिनिकल क्षेत्रका मात्र हुन् । एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोकेमेस्ट्री, फर्माकोलोजी, फरेन्सिक र कम्यूनिटि हेल्थ विभागका कार्यरत संक्रमित स्वास्थ्यकर्मीहरुको तथ्यांक भने आएको छैन ।

प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा विकास साहका अनुसार संक्रमित चिकित्सक मध्ये सबैभन्दा बढी एनेस्थेसिया विभागका ११ जना र ५ जना प्राविधिक संक्रमित भएका छन् ।

प्रतिक्रिया