

फेरि बन्द भयो चिडियाखाना

काठमाडौँ – ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो ।
सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना केही दिनका लागि बन्द गरिएको जानकारी दिइन् । उनले भनिन् ‘पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रूपमा खोल्ने तयारी गरेका थियौं, जिल्ला प्रशासन कार्यालयले एक साता बन्द गर्न निर्देशन दियो ।’

