

‘वान वे एके’ लाउन्जबाट प्रहरीले समात्यो ८ जुवाडे, दुई हाइप्राेफाइल महिला

काठमाडौं– मिनि क्यासिनोका रुपमा चल्ने जुवा अखडामा महानगरीय प्रहरी परिसरले कडा निगरानी राख्ने क्रममा दरबारमार्गमा ८ जना हाइप्रोफाइल महिलासहितका जुवाडे पक्राउ गरिएको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले बिहीबार राति साढे आठ बजे ‘वान वे एके’ होटेल एण्ड लाउञ्ज रेष्टुरेन्टबाट ५ लाख १८ हजार नगद, केही चेकसहित जुवा खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो।
प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवालीसहित रञ्जना ढकाल र ओममाया गुरुङलाई नियन्त्रणमा लिएर दरबारमार्ग वृत्तको हिरासतमा राखिएको छ।
वान वे एके होटेल एण्ड लाउञ्ज बारका मालिक प्रकाश लामाले जुवा खोलाएको प्रहरीको दाबी छ। जुवा खेलाउने मुख्य नाइके दिनेश लामासहित ७ जना फरार रहेको बताइए पनि प्रहरीले ८ जना मात्र फेला पारेको जनाएको छ।

