

पदको दुरुपयोग गर्दै राजीव ढुंगाना, नेविसंघको अध्यक्षबाट हट्दा पनि अझै हालिमुहाली ?
हजुरबा बन्ने उमेरमा नेविसंघको अध्यक्ष हुँदा पनि पद ओगटी रहे

काठमाडौँ – भरखरै मुलुककै सबैभन्दा लोकतान्त्रिक भनिने नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको छ । तर, यही लोकतान्त्रिक पार्टीका भ्रातृ संस्थाका नेतृत्व कतिसम्म अलोकतान्त्रिक छन् भन्ने पनि प्रष्ट देखिएको छ । हामी यहाँ नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाबारे कुरा गर्दैछौँ । वैधानिकता नै गुमाएर बसेका ढुंगाना अहिले पनि नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्र हालिमुहाली गर्दै छन् ।
पार्टीको केन्द्रीय सदस्य भइसकेका उनले नेविसंघमा पनि ठाउँ ओगटेर बसेका छन् काम भने माखो मार्न सकेका छैनन् । ढुंगाना आफैँ नेविसंघको महाधिवेशन गराउने जिम्मा लिएर कांग्रेस सभापति शेरबहादुर देउवाको आशिर्वादले अध्यक्ष भएका व्यक्ति हुन् । २०७६ माघ १६ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति घोषणा गरेको थियो ।
अहिले यो तदर्थ समिति पनि अवैधानिक बनिसकेको छ । योबीचमा उनले न नेविसंघको अधिवेशननै गराए न विद्यार्थीको हकहितका लागि केही काम नै गरे । गरे केबल एक पान्ने विज्ञप्तिमा अवैधानिक रुपमा हस्ताक्षर गरेर अन्य विद्यार्थी संगठनले गरेको निर्णयमा हो मा हो मात्रै मिलाए ।
नेविसंघको अध्यक्ष भन्न पनि लाजमर्दाे उमेर समूहमा भाग खान आएका ढुंगाना कांग्रेसको केन्द्रीय सदस्य भइसक्दासमेत अवैधानिक रुपमा नेविसंघको अध्यक्ष बसिरहेका छन् । ढुंगाना ५० वर्ष कटिसकेका व्यक्ति हुन् । विद्यार्थीको नेता विद्यार्थी हुनुपर्ने र ३० वर्ष उमेर हद लागू हुपर्ने माग भने यदाकदा नेविसंघभित्र उठ्ने गरेको छ । तर, ढुंगानाले यो विषयलाई नजरअन्दाज गर्दै आएका छन् ।
पार्टी विधानको धारा ४२ ले भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भए निजको भ्रातृ संघको पद स्वतः रिक्त हुने व्यवस्था छ । अर्थात् स्वतः उनीहरुले पद गएको छ र उनीहरुले नेतृत्व गरिरहेको भ्रातृ संगठन नेतृत्वविहीन छ ।
पार्टीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट भ्रातृ संस्थाका सम्बन्धमा अधिवेशन सम्बन्धी निर्णय केही हुन्छ भन्ने आश थियो । तर, पार्टीको दुईवटा कार्यसमिति बैठक सम्पन्न भइसक्दा भ्रातृ संस्थाको विषयमा कहिँ कतै केही कुरा उल्लेख भएन ।
हेर्नूस पछिल्लाे समय पदकाे दुरूपयाेग गर्दै निकालेकाे विज्ञप्ति

