नेपाल र भारतका लागि टर्कीले जारी गर्‍यो दिशानिर्देश


एजेन्सी – नेपाल र भारतबाट टर्की जाने यात्रीले यात्राभन्दा ७२ घण्टा अघि आरटी–पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पेश गनुपर्ने दिशानिर्देश जारी गरेको छ ।

भारतस्थित टर्कीको दूतावासले ट्वीट गरेर विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त कोरोना भ्याक्सिनको अन्तिम डोज लगाएको १४ दिन कटेका व्यक्तिहरुलाई क्वारेन्टिनमा नराखिने पनि जानकारी दिइएको छ ।

जो यात्रीले यी सर्टिफिकेट पेश गर्न सक्दैनन् भने उनीहरु कम्तीमा पाँचदिनसम्म क्वारेन्टिनमा रहनुपर्नेछ । पाँचौँ दिनमा आरटी–पिसिआर परीक्षण यदि नेगेटिभ आएको खण्डमा क्वारेन्टिन अवधि समाप्त हुनेछ ।

यदि परीक्षणको नतिजा पोजेटिभ आउँछ भने त्यसपछि जुन दिनदेखि कोरोनाभाइरसको लक्षण देखिन सुरु हुन्छ त्यो दिनदेखि क्वारेन्टिनको समय सुरु मानिनेछ र कम्तीमा सात दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया