लता मंगेशकरलाई कोरोना पुष्टी, अस्पताल भर्ना


नयाँदिल्ली – भारतीय चर्चित गायिका लता मंगेशकरलाई कोरोना पुष्टी भएको छ । उनलाई कोरोना पोजेटिभ भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ । ९२ वर्षीया गायिकालाई मुम्बईस्थित ब्रीच केन्डी अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

पछिल्ला दिनमा अत्याधिक रुपमा बढ्दै गएको कोरोना संक्रमणका कारण भारतीय राजनीतिक देखि फिल्मी क्षेत्रसम्मका व्यक्तिहरु संक्रमित बनेका छन् ।

भारतमा कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि दिल्ली सरकारले निजी कार्यालयहरुलाई घरबाटै काम गर्नका लागि निर्देशन दिएको छ ।

त्यस्तै भारतीय रक्षामन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, बिहारका मुख्यमन्त्री नितीश कुमार र कर्नाटकका मुख्यमन्त्री बासवराजलाई कोरोना पुष्टी भइसकेको छ ।

 

प्रतिक्रिया