इच्छाविपरित गर्भपतन गराएको आरोपमा ईन्सपेक्टर शर्मा पक्राउ


काठमाडौ-वडा प्रहरी कार्यालय बैदामका ईन्सपेक्टर ध्रुव शर्मा पक्राउ परेका छन् । श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत शर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो।

प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जबर्जस्ती गर्भपतन गराएको आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा न्याय माग्दै उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका थिए ।

घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा स्थानान्तरण भएको थियो ।

अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पीडित युवती र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो ।

प्रतिक्रिया