‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर नै संविधान खत्तम पार्न खोजे’


काठमाडौं – पूर्वराष्ट्रपति डा। रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको बताएका छन् । राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुईचोटि संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी उनले गरेका हुन् ।

चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘मार्क्सवाद र विश्व कम्युनिस्ट आन्दोलन’को  काठमाडौंमा विमोचन गर्दै उनले आफैँले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरूलाई पौष्टिक आहार दिएर मजबुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए

पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र अदालतले संविधान जोगाएको उनले उल्लेख गरे । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूलाई एक ठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘यो संविधानमाथि बारम्बार आक्रमण भइराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि दुईरदुईचोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे । पोलिटिकल पार्टी कहाँ–कहाँ गए ? के–के भयो ? त्यो विषय होइन । म भन्न चाहन्छु– जुन समस्याहरू खडा गरेका छौँ । ती संस्थाहरूलाई पौष्टिक आहार दिने, यसलाई मजबुत गर्ने, लोकतन्त्रका तीनवटा संस्थाहरू, जुन पिल्लर हुन्छ । त्यसमा बारम्बार प्रहार गरियो । पाँचवटा पार्टीले, नागरिक समाजले, बुद्धिजीवीले, नेपाली जनताले, अदालतले त्यसलाई कुनै न कुनै प्रकारले बचायो । र, अहिले त्यही न्यायपालिकाको यस्तो स्थिति छ । सदनको त्यो स्थिति छ,’ उनले भने, ‘पोलिटिकल पार्टीले संविधान, विधानानुसार अधिवेशनहरू गर्दै आए, त्यो सुखद कुरो हो । तर, यो व्यवस्थालाई बचाएर हामीले नेपाललाई अगाडि लग्ने कि नलग्ने ? यहाँ राष्ट्रपतिको के कर्तव्य छ ? सरकार प्रमुखको दायित्व छ– पोलिटिकल पार्टीहरूलाई एक ठाउँमा राखेर छलफल गरेर कसरी अदालत चलाउने ? प्रतिनिधिसभा राष्ट्रको सम्पूर्ण समस्याको समाधान गर्ने थलो हो । त्यसलाई बन्धक बनाएर राखिएको छ । त्यसका लागि राष्ट्रपतिको कर्तव्य के हो ? सरकार प्रमुखको कर्तव्य के छ ? नागरिक समाजको कर्तव्य के छ रु त्यो कर्तव्य निर्वाह गर्ने कि नगर्ने रु यो व्यवस्थालाई जोगाएर उन्नत समाज निर्माणका लागि समाजवादतर्फ जान कोसिस गर्ने कि नगर्ने ? मेरो चिन्ता त्यहाँ छ ।?’

 

प्रतिक्रिया