प्रचण्डलाई कोरोना भएपछि देउवा आइसोलेसन, आज पीसीआर परिक्षण गरिँदै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । उनको आज पीसीआर परीक्षण गरिने भएको छ ।

गएको बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकमा सहभागी केही नेताहरू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेको उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

उनी सरकारी निवासमै एकान्तवासमा बसेका हुन् । आज पीसीआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने भानु देउवाले बताए ।

सर्वदलीय बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संक्रमण देखिएपछि एकान्तवासमा छन् । प्रधानमन्त्री देउवाले आज बिहान बालकोट पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित भेटवार्ता गरेका थिए ।

 

प्रतिक्रिया