नापतौल विभागको महानिर्देशकमा दीनानाथ मिश्र


काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा दीनानाथ मिश्र नियुक्त भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिव मिश्रलाई महानिर्देशकको जिम्मेवारी दिएको हो । उनले आजै विभागमा पद बहाली गरेका छन् ।

तत्कालीन महानिर्देशक विश्वबाबु पुडासैनी प्रदेश सरुवा भएसँगै महानिर्देशक पद रिक्त रहेको थियो ।

प्रतिक्रिया