राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाट तीन उम्मेदवारको मनोनयन दर्ता


विराटनगर – प्रदेश १ मा सत्ता गठबन्धनका तीन उम्मेदवारले राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।

गठबन्धन अन्तरर्गत जनता समाजवादीका हेमराज राई थुलुङले अल्पसंख्यकरअपांगतर्फ, कांग्रेसको भागमा परेको अन्यतर्फ झापाका गोपाल बस्नेत र नेकपा (एकीकृत समाजवादी) को भागमा परेको महिला कोटातर्फ भोजपुरकी जयन्ती राईले उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यका लागि उम्मेदवारी दर्ताको समय आज १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ । माघ १२ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।

प्रदेश १ मा नेकपा एमालेका तर्फबाट केहिबेर अघिमात्रै अन्यतर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा सुवेदी भण्डारी र अल्पसंख्यकरअपांगतर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया