एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य यदुवंश झा एमाले प्रवेश


काठमाडौं – पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए। झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए।

उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए।

 

प्रतिक्रिया