
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक, एमसीसीबारे छलफल हाेला ?
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ । त्यसभन्दा अगाडि बस्ने गरी आइतबार बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको हो ।
बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।
कार्यव्यवस्था परामर्श समितिमा सबै दलको प्रतिनिधित्व रहन्छ । बैठकले संसद् बैठकको कार्यसूचीलगायत विषय तय गर्ने गर्छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले केही समययता संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । प्रतिपक्षको विरोधकै बीच सभामुखले संसद्को काम कारबाही अगाडि बढाउँदै लगेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा यीलगायत विषयमा छलफल हुनेछ । एमसीसीकाे विषयमा पनि छलफल हुने बताइएकाे छ ।



कागजपत्र |
