
अब उदयपुरबाटै पाइने भयो ई-पासपोर्ट
उदयपुर – जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का जिल्लामै निवेदन लिन थालेकाे छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लािग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएकाे छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।’
नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जाँदा समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अनुरोध गरेका छन् । उनका अनुसार हामीलाई प्राप्त जानकारीअनुसार ई-पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिन भित्र बनेर आउँछ ।
के हो ई पासपोर्ट ?
ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।
इलेक्ट्रोनिक राहदानी एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो छ । यसमा उच्च किसिमको प्रविधिको प्रयोग गरिने भएकाले विश्वासिलो पनि मानिन्छ । ई-पासपोर्टमा मोबाइलको सिम जस्तै विद्युतीय ‘चिप’ प्रयोग हुन्छ । त्यसमै पासपोर्टबाहक व्यक्तिगतकाे विवरणसहित बायोमेट्रिक डाटा राखिन्छ । याे पासपोर्टलाई मेसिन/कम्प्युटरले सहजै रिड गर्न सक्छ ।
ई-पासपोर्ट लागू भएपछि पासपोर्टकाे दुरुपयोग घट्ने अपेक्षा छ । किन भने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिएको हुन्छ । यस्ता जैविक संकेतहरु एर्कासँग (अपवाद बाहेक) मिल्दैन ।



कागजपत्र |
