गान्धीविरुद्ध अभिव्यक्ति दिने कालीचरण महाराज पक्राउ


नयाँदिल्ली – भारतको रायपुरमा सम्पन्न धर्म संसदमा महात्मा गान्धीप्रति अमर्यादित टिप्पणी गर्ने कालीचरण महाराज पक्राउ परेका छन् ।

उनलाई भारतीय प्रहरीले खजुराहोबाट पक्राउ गरेको जनाइएको छ । उनलाई अहिले प्रहरीले रायपुर लगिरहेको छ ।

कालीचरणले रायपुरमा सम्पन्न धर्म संसदमा महात्मा गान्धीविरुद्ध अभिव्यक्ति दिँदै महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेलाई धन्यवाद दिएका थिए ।

उनले भनेका थिए, ‘इस्लामको लक्ष्य राजनीतिको माध्यमबाट देशलाई कब्जा गर्नु थियो, हाम्रो सामुन्ने उनीहरुले १९४७ मा कब्जामा लिइसकेका थिए, उनीहरुले पहिला इरान, इराक र अफगानिस्तानमा कब्जा जमाइसकेका थिए, उनीहरुले राजनीतिको माध्यमबाट बंगलादेश र पाकिस्तानलाई पनि कब्जामा लिएका थिए, मैले नाथुराम गोड्सेनलाई नमन गर्दछु, जसले … को हत्या गरे ।’

कालीचरणलाई रायपुरका पूर्व महापौर एवं वर्तमान सभापति प्रमोद दुवेले एफआईआर दर्ता गराएका थिए । उनलाई धारा ५०५ (२) र धारा २९४ बमोजिम कारबाही गर्नुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया