माओवादी महाधिवेशनः बन्दसत्र आज दिउँसो १ बजेबाट


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिसो १ बजे सुरु हुने भएको छ ।

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्न निर्णय गरेको हो ।
माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा समूहका संयोजकहरुले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ

प्रतिक्रिया