सम्झना हत्याका अभियुक्त लालबहादुरलाई जन्मकैद


गुल्मी – रेसुंगा नगरपालिका-३ की २१ बर्षीया सम्झना बोहराको हत्या अभियुक्त ४७ बर्षीय लालबहादुर खत्रीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

गुल्मी अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतिले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग दाबीअनुसार जन्दकैद फैसला भएको तहसिलदार रामबहादुर कुवँरले जानकारी दिए । फैसलाको पूर्ण पाठ भने अझै नबनेकाले क्षतिपूर्ति तोकिएको छैन् । बोहराको हत्या आरोपमा २९ माघ ०७७ मा खत्रीलाई गिरफ्तार गरी अदालतमा पेश गरिएको थियो ।

सम्झना २९ माघ ०७७ देखि बेपत्ता थिइन् । अभियुक्त लालबहादुर सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुशन्धानमा आरोपितको रोेहबर बस्नेलगायतका कार्यमा सक्रिय थिए । उनले यति मात्रै गरेनन् २ फागुनमा सम्झानाकी सासु ५२ बर्षीया टोमकला खत्री घर नजिक झुण्डिएको अवस्थामा फेला परेपछि घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई समेत उचालेका थिए। पटकपटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउ समेत गरे ।

त्यतिबेला आन्दोलनको अग्रपंतिमा हत्यामा संलग्न खत्री नै थिए । सोही घटनाका कारणा तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठको सरुवा समेत भएको थियो । आन्दोलनकारी प्रशासन कार्यालय छिरेर तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अभद्र व्यवहार समेत गरे । सम्झनाको शब १९ दिनपछि घरदेखि डेढ सय मिटर तल बोरामा पोको पारेर फालिएको अवस्थामा फेला परेका थियो ।

उनैले १७ फागुन ०७७ मा गाउँमा शव गन्हायो भनेर प्रहरीलाई खबर गरे । उनका संकास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना हर्कत, कल डिटेल्स प्रहरीले निगरानी गरेको थियो । पहिलेबाट प्रहरी निगरानीमा रहेका खत्रीलाई शब भेटिने बित्तिकै पक्राउ गरी सार्वजनिक गर्को थियो । मृतक बोहराका ससुरा ५९ बर्षीय गणेश खत्रीले आरोपित विरुद्ध १८ फागुनमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया