मिस युनिभर्स २०२० को उपाधि भारतीय सुन्दरी सन्धुलाई


काठमाडौं – मिस युनिभर्सको उपाधि भारतकी हर्नाज सन्धुले जितेकी छिन्।

गएराति इजरायलको एयलाटमा सम्पन्न ७० औं मिस युनिभर्सको ग्रान्ड फिनालीमा भारतसहित पाराग्वे र दक्षिण अफ्रिकामा अन्तिम ३ मा प्रवेश गरेका थिए।

भारतको पञ्जाबकी २१ वर्षिया सन्धुले सन् २०२० की मिस युनिभर्स एन्ड्रि मेजाबाट क्राउन पहिरिइन्।

यसवर्षको मिस युनिभर्समा नेपालकी सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन्। उनी अन्तिम १६ मा पनि पर्न सकिनन्।

प्रतिक्रिया