दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसालाई कोभिड 


केप टाउन – दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसालाई कोभिड भएको छ । आइतबार परीक्षणपछिको रिपोर्टमा कोभिड पोजेटिभ दिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

राष्ट्रपतिलाई सामान्य लक्षण देखिएको जनाइएको छ । उनी आईतबार राजधानी केपटाउनस्थित एउटा कार्यक्रममा सहभागी भएका थिए ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमणदर पनि तीव्र दरमा बढेको छ । तर, राष्ट्रपतिलाई ओमिक्रोन देखिए÷ नदेखिएको भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् ।

प्रतिक्रिया