


३ सयका लागि ११ पटक कारले ठक्कर दिएर पसलेको हत्या

नयाँ दिल्ली – दिल्लीसँग जोडिएको उत्तर प्रदेशको ग्रेटर नोएडामा ३ सय रुपैयाँका लागि ११ पटक कार चलाएर पसलमा एक व्यक्तिको हत्या भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । यो सम्पूर्ण घटना ग्रेटर नोएडाको घरबरा गाउँको हो ।
प्राप्त जानकारीका अनुसार रेलको रिजर्भेसन रद्द गर्ने बापत ३ सय कटाएपछि दुई दाजुभाइले पसललेको पटक–पटक गाडीले किचेर मृत्यु भएको हो । दुवै दाजुभाइले क्रुरता हद नाघ्दै ब्याक गियरमा ११ पटक पसलेमाथि चढे जसका कारण उनको आन्द्रा फुटेर उनको मृत्यु भएको बताइएको छ ।
यसै क्रममा त्यहाँ उपस्थित व्यक्तिले पीडितलाई बचाउने प्रयाससमेत गरेनन् । उनीहरु मूक दर्शक बनेर बसे । उनले प्रहरीलाई खबर गर्ने आँट पनि गर्न सकेनन् । सोही क्रममा अस्पतालबाट घटनाको जानकारी प्रहरीमा पुग्यो । घाइतेको अस्पतालमा उपचार भएपनि उनको ज्यान बचाउन सकेन ।
घटनामा सम्लग्नलाई अभियुक्त नकुल निवासी घरब्रालाई प्रहरीले पक्राउ गरी स्विफ्ट कार बरामद गरेको छ । सतवीर शर्माका छोरा नितिन शर्मा गाउँमै मोबाइल पसल चलाउँथे । पसलमा रेल टिकट बुकिङ गर्ने काम पनि गर्थे ।
एक साताअघि गाउँका दुई दाजुभाइ नकुल र अरुण उर्फ छोटूले वैष्णोदेवी दर्शनका लागि रेलको टिकट बुकिङ गरेका थिए । दुबै जना आइतबार राति पसल पुगे र ट्रेनको रिजर्भेसन रद्द गरे। रद्द गरेपछि नितिनले अनलाइन रिफन्डबाट ३ सय रुपैयाँ काटिदिए। सोही क्रममा दुवै आरोपितहरु रिसाएर पसलबाट हिडे ।
सोमबार बिहान दुवै नितिनको पसलमा पुगेका थिए । त्यहाँ नितिन नभेटेपछि अभियुक्तहरु उनको खोजीमा कसना शहर पुगेका थिए । त्यहाँ उनलाई कुटपिट गरी दुईवटा मोबाइल लुटेका थिए । नितिन जसोतसो भागेर मोटरसाइकलमा चढेर गाउँ पुगेका थिए उनीहरुले पीछा गर्ने क्रममा मोटरसाइकललाई कारले ठक्कर दिँदा नितिन सय मिटर तल खसेका थिए ।
बाटोमा खस्दा बित्तिकै कारले उनलाई ठक्कर दियो । त्यसपछि कार ब्याक गियरमा नितिनमाथि ११ पटक चढ्यो । घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार कारको गति १०० किलोमिटर प्रतिघण्टा थियो ।
घाइते पसलेलाई यात्रुको सहयोगमा अस्पताल लगिएको थियो । नितिनको तीन सन्तानहरु आज टुहुरा भएका छन् । घटनामा सम्लग्न एक आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। फरार अभियुक्त अरुण उर्फ छोटूको खोजीकार्य जारी रहेको छ । एजेन्सी

