‘ए’ डिभिजन लिगः आज पनि दुई खेल हुँदै


काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा आज पहिलो जितको खोजिमा रहेको छ भने पुलिस दोस्रो जितको खोजीमा हुनेछ ।

यस्तै दोस्रो खेलमाल जावलाखेल युथ क्लब र मछिन्द्र फुटब क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल ४ः४५ बजे सुरु हुनेछ ।

जावलाखेल आज पहिलो अंकको खोजीमा मैदान उत्रिनेछ। यस्तै, छैटौं स्थानमा रहेको मछिन्द्र दोस्रो जितको खोजीमा रहेको छ।

प्रतिक्रिया