१५ संक्रमितको मृत्यु, १३५९ डिस्चार्ज


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १५ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६८९ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १३५९ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

हालसम्म नेपालमा १८ लाख २५ हजार ८६० को कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया