
कौशलटारबाट तास खेलिरहेका ५ जना पक्राउ
भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले कौशलटारबाट नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१० घर भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको साथबाट ३४ हजार रुपैयाँ र १ बुक तास बरामद गरिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
