मुकुन र लक्ष्मीको ‘विच्छेद’ दुई वर्षमा पुरा


काठमाडौं – कोभिड महामारीको चपेटामा परेको फिल्म ‘विच्छेद’को छाया‌कन दुई वर्षमा पुरा भएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकन लकडाउनका कारण रोकिएको थियो ।

निर्देशक सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्ममा मुकुन भुषाल र लक्ष्मी बर्देवा प्रमुख भूमिकामा अभिनय रहेको छ । यसअघि यो जोडीले फिल्म ‘बुलबुल’मा सहकार्य गरेका थिए ।

राज पण्डित, सुबास राई र साबी बज्राचार्य निर्माता रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, जीवन थापालगायतका कलाकारहरुको पनि अभिनय छ ।

संकल्प भुजेल छायांकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले बताए। फिल्ममा एसडी योगी र सुरज थापाको संगीत छ । फिल्मको छायांकन रामेछापको एक गाउँमा गरिएको छ ।

प्रतिक्रिया