कांग्रेस महाधिवेशनको उद्घाटनमा ममता बनर्जी आउँदै


काठमाडौं— नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भारतको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी आउने भएकी छिन् ।

महाधिवेशनको अवसरमा मंसिर २४ देखि २६ सम्म हुने कार्यक्रममा सहभागी हुन उनी अर्को साता नेपाल आउने भएकी हुन् ।

उनलाई उद्घाटन समारोहमा डिसेम्बर १० अर्थात् २४ गतेकै दिनका लागि निम्ता गरिएको छ । जसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । बनर्जीको उपस्थितिले पार्टीबीचको सम्बन्धदेखि क्षेत्रीय लोकतान्त्रिक सम्बन्ध समेतलाई बलियो बनाउन प्रोत्साहन मिल्ने विश्वास रहेको पत्रमा उल्लेख गरिएको छ ।

बनर्जीले निमन्त्रणा स्वीकार गरेकी छन् । डिसेम्बर १० कै दिन काठमाडौं उपस्थित भइ उद्घाटन कार्यक्रमलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया