कांग्रेस प्रदेश अधिवेशन : प्रदेश-१ मा गुरु घिमिरेको अग्रता


विराटनगर – नेपाली कांग्रेस प्रदेश १ को २ सय मत गणना हुँदा सम्म गुरुराज घिमिरेले अग्रता लिएका छन् । २ सय मत गणना हुँदा घिमिरेले १ सय ८ मतसहित अग्रता लिएका हुन् ।

प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार बेलुका सवा ५ बजेसम्म २ सय मत गणना गर्दा संस्थापन इतर पक्षका उम्मेदवार घिमिरेले १ सय ८ पाएका छन् । संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले ८३ मत पाएका छन्।

दुई सय मत गणना हुँदा उपसभापतिमा टंक राईले ९७ मतसहित अग्रता बनाएका छन्। रमेशजङ रायमाझीले ८७, गोविन्द ढुंगानाले ८५ र विश्वनाथ रिजालले ८२ मत पाएका छन्।

यस्तै महामन्त्रीका उम्मेदवार उमेश थापाले ९६ मत र दिपेनकुमार श्रेष्ठले ८९, भुपेन्द्र राईले ८८ र पदम सुन्दर पालुङवाले ८४ मत पाएका छन्। सहमहामन्त्री महिलातर्फ सीता कार्कीले ९७ र प्रमिला गच्छदारले ८७ मत पाएका छन् ।

सहमहामन्त्री पुरुषतर्फ खड्ग फागो १ सय १९ मत, विरकाजी राई ८४, विनोदकुमार बस्नेत ८२, रोहितकुमार साह ७१ र शुभचन्द्र राईले ७ मत पाएका छन् ।

 

प्रतिक्रिया