
रेडपाण्डाको जस्तो देखिने छालासहित जाजरकोटबाट २ जना पक्राउ
जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोलास्थित कौशीला कटेज एण्ड रेष्टुरेन्टबाट रेडपाण्डाको जस्तो देखिने छाला १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका—३ बस्ने ३५ वर्षीय लोक बहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
