काँग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि मात्रै गर्ने


काठमाडौँ  – नेपाली काँग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ ।

अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित भएको हो । यी जिल्लाको अधिवेशन अब १४औं महाधिवेशनपछि मात्रै गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले आज एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो ।

स्थगित भएका जिल्लाहरूको अधिवेशनको कार्यतालिका महाधिवेशनपश्चात नै केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।

 

प्रतिक्रिया