राप्रपा एकता महाधिवेशनः महामन्त्रीमा रेखा थापाको उम्मेद्धवारी घोषणा


काठमाडौं – चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकाे घोषणा गरेकी छिन् ।  थापाले  अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनको प्यालनबाट उम्मेद्धवारी दिएकी हुन् ।

हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी छिन्।

थापाले महिला महामन्त्रीमा उम्मेद्धवारी दिएको जनाईन् । लिङ्देनको प्यानलबाट एक महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भइसकेको छ।

प्रतिक्रिया