सांसद लिङ्देनलाई थप उपचारका लागि काठमाडौं ल्याइयो, मेडिसिटीमा उपचार गरिँदै


काठमाडौं – गम्भीर बिरामी भएपछि राप्रपा नेता राजेन्द्र लिङ्देनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

निमोनियाका कारण श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि लिङ्देनलाई बिहीबार साँझ ७ः३० बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार सुरु गरिएको हो ।

लिङ्देनलाई सेनाको हेलिकप्टरले काठमाडौं विमानस्थलमा ल्यायो, विमानस्थलबाट मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
झापास्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका बखत श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई काठमाडौं ल्याइएको हो ।

लिङ्देनलाई बिएन्डसीको आइसियूमा राखेर उपचार थालिएको थियो। दुवै फोक्सोमा निमोनिया देखिएको बिएण्डसी अस्पतालस्रोतले जनाएको छ ।

बिएण्डसी अस्पतालमा उनको पिसिआर परीक्षण गरिएको र कोभिड– १९ नेगेटिभ रिपोर्ट आएको जनाइए पनि उनलाई कोरोना लक्षणहरु भने देखिएको जनाइएको छ । सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल ¥यालीको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया