देशभर थप १२१७ नयाँ संक्रमित, १२ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १२१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६३ पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १०६४ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ ।

हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ को कोरोना परिक्षण गरिएको छ ।

प्रतिक्रिया