मैतीदेवीबाट तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


File Photo

काठमाडौं – प्रहरीले मैतीदेवीबाट तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुको साथबाट ६२ हजार १ सय ३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहअरीका अनुसार काठमाडौं महानगरपालिका-३० मैतीदेवी डेरा गरी बस्ने सप्तरी राजविराज नगरपालिका घर भएका २७ वर्षीय दिपक दासको कोठामा तास खेलिरहेको अवस्थामा दाससहित ५ जनालाई पक्राउ परेका हुन्।

दिपकको कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६२ हजार १ सय ३० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया