महाधिवेशन प्रतिनिधि मनोनित गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ।

बैठक मङ्गलवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो।

बैठकमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशन प्रतिनिधि मनोनीतबारे छलफल हुनेछ ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै मंगलबारका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।

निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ । यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रतिक्रिया