आमा बनेपछि बलिउडमा प्रीतिकाे ‘कमब्याक’


मुम्वई – बलिउड अभिनेत्री प्रिती जिन्टा फिल्म निर्माता दानिश रेन्जुको फिल्मबाट बलिउडमा कमब्याक गर्दैछिन् । फिल्मको नाम भने अझै फाइनल भएको छैन । यो फिल्मको कथा कश्मीरमा आधारित छ। एक रिपोर्टका अनुसार फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भइसकेको छैन तर फिल्मको प्रि–प्रोडक्सन र कास्टिङको काम सुरु भएको छ ।

फिल्मको छायांकन सन् २०२२ मा सुरु हुनेछ । प्रीति जिन्टा कश्मीरमा सेट गरिएको ‘वीर जारा’ र ‘मिशन कश्मीर’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् । अबको फिल्म पनि उनले त्यहीँ सुटिङ गर्ने प्रीतिको नजिकको स्रोतले बताएको छ, ‘प्रीति थप प्रोजेक्टमा काम गर्न तयार छिन् । उहाँसँग पहिले नै २–३ फिल्म पाइपलाइनमा थिए र अब उनी थप प्रोजेक्टहरू साइन गर्न तयार छिन्।’

यसअघि प्रीति २०१८ मा फिल्म ‘भैयाजी सुपरहिट’ मा देखिएकी थिइन् । हालै प्रीति सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् ।

प्रतिक्रिया