विमानस्थलबाट दुई किलो सुन बरामद, पक्राउ परे चौधरी र सहानी


काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद गरेको छ। शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपाल आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।

पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहानी छन्। उनीहरुले नेपाल एयरलाइन्सको दुबईबाट आएको फ्लाइटमा अवैध रुपमा उक्त सुन ल्याएको विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले बताए।

उनले भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ। परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेका छौ।’ प्रहरीका अनुसार उनीहरुले सुनलाई धुलो बनाएर कट्टुमा फल्स बटम बनाई ल्याएको पाइएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया