
रौतहटमा विषका कारण एकै परिवारका दुई बालकको मृत्यु, रिसिवीका कारण विष खुवाई हत्या गरेको आशंका
रौतहट – रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो । उनजीहरुको उपचारको क्रममा शरिरमा विष फैलिएका कारण मृत्यु भएको खुलेको छ । ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो ।
ती नाबालकहरुको शरिरमा विष कसरी प्रबेश गर्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धानमा खटिएका प्रहरी भन्छन्छन् दुई नाबालक भएकाले बीषषका कारण मृत्यु हुनु शंकास्पद देखिएको छ ।
दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई घटना शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘बालकहरुको विषका कारण मृत्यु भएको छ । घटना शंकास्पद रहेकाले हामीले अनुसन्धान गरिरहेका छौं, बालकहरुलाई कसले किन विष दियो भन्ने विषयमा हामी गम्भीर रुपमा छानबिन गर्छौं ।’



कागजपत्र |
