पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना पुष्टि, २ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४७१ को पुगेको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७,२७८ रहेको छ ।

प्रतिक्रिया