कमेडियन विक्की अग्रवाललाई मातृशोक


काठमाडौं – कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का उपविजेता विक्की अग्रवाललाई मातृशोक परेको छ। विक्कीकी आमा ६० वर्षीया दुर्गा थापा मगरको मंगलबार काठमाडौंमा निधन भएको हो।

कपनको कोठमा बस्दै आएका विक्की भाइटिकाको दिन आमासहित नेपाल आएका थिए। सोमबार आमालाई कोठामा छोडेर बाहिर निस्किएका विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटाएका थिए।

त्यसपछि चावहिलको मेडिकेयर अस्पताल पर्याइएको दुर्गालाई चिकित्सकले मृत घोषित गरेका थिए। दुर्गा उच्च रक्तचाप र मधुमेहको समस्याबाट पिडित थिइन्।

सिक्किम निवासी विक्कीले ‘कमेडी च्याम्पियन २’ बाट थुप्रैको मन जित्न सफल भएका थिए। दुर्गाको निधनप्रति सामाजिक सञ्जाल मार्फत थुप्रै सेलिब्रेटीले शोक ब्यक्त गरेका छन्।

दुर्गाको निधनको खबर थाहा पाएपछि विक्कीका बुबा र दाजु सिक्किमबाट मंगलबार काठमाडौं आइपुगेका छन्। उनीहरुले दुर्गाको शवलाई दाहसंस्कार गर्न सिक्किम लिएर गएको बताइएको छ।

प्रतिक्रिया