
एक्सनमा मन्त्री आलेः मदिराले मात्दै कर्मचारी कुट्ने बोर्डका सिइओ रेग्मीसँग लिखित जवाफ माग
काठमाडौं – त्रिभुवन विमानस्थलका भन्सार कर्मचारीमाथि हातपात गरेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण मागिने भएको छ ।
पर्यटन मन्त्री प्रेम आलेले मन्त्रालयमै बोलाएर शनिबार विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिँदै लिखित जवाफ माग्ने जनाएका हुन् ।
मन्त्री आलेले रेग्मीकै अगाडि भन्सारका कर्मचारीसँग समेत टेलिफोनमा कुराकानी गरेका थिए । ती कर्मचारीसँगको कुराकानीपछि मन्त्री आलेले सीईओ रेग्मीसँग लिखित स्पटीकरण माग गर्न निर्देशन दिएका छन् ।
सोही अनुसार बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले रेग्मीसँग लिखित स्पष्टीकरण माग गर्ने भएका छन् ।
उता, बोर्डले भने सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति प्रकट गर्दै एक विज्ञप्ति प्रकाशित गरेको छ । बोर्डका प्रवक्ता नन्दिनी लाहे थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कर्मचारीको व्यवहार र ढिलासुस्तीका बारेमा प्रश्न उठाउँदा अतिरञ्जीत तवरले मिडियाबाजी गरिनु दुःखद भएको उल्लेख गरिएको छ ।
बोर्डको विज्ञप्तिः

घटना के भएको थियो ?
भाइटीकाको दिन अर्थात २० गते लन्डनबाट नेपाल आएका रेग्मीले भन्सार विभागका नासु सुमन थापामाथि चेकजाँचका क्रममा हातपात गरेका विमानस्थल प्रहरीले जनाएको छ। घटना गुपचुप राखिएको भएपनि अहिले फेरी यो घटना बाहिर आएको हो।
नासु थापालाई झापड हान्ने रेग्मीले मदिरा सेवन गरेको पुष्टि भएपनि सम्बन्धित निकायले कारबाही गर्नुको सट्टा घटना गुपचुप राखिएको हो। मदिराको विषयमा सोधखोज गर्दा रेग्मीले नासु थापालाई हातपात गरेको विमानस्थल प्रहरीले स्रोतले जनायो।
नासु थापामाथि हातपात गर्नुको कारण ६ बोतल रक्सी हो। लन्डनबाट नेपाल फर्किंदा रेग्मीले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए। भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सधेका थिए, ‘साथमा कतिजना हुनुहुन्छरु’
थापाको प्रश्न सुन्नेबित्तिकै आक्रामक रुपमा प्रस्तुत भएका रेग्मीले थापामाथि आक्रमण गरेका हुन्। रेग्मीले थप्पड मात्रै लगाएनन्, ‘म को हो चिनेको छस्रु विचार गर, नत्र‘।। म देश चलाउने मान्छे हुँ।’ समेत भने। थापामाथि हातपात भएपछि प्रहरीले रेग्मीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो।
र याे पनि…
मदिराले मातेपछि विमानस्थलमा पर्यटन बोर्डका सिईओ रेग्मीको आतंक !



कागजपत्र |
