विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले भने-‘विश्वासको मत दिएर हौसला दिनुहुनेछ’


हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले सभामा प्रतिनिधित्व गर्ने सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई आफूलाई विश्वासको मत दिनका लागि आग्रह गरेका छन् ।  ‘मलाई विश्वासको मत दिएर हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु,’ उनले भनेका छन् ।

यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकोले कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया