‘द गुड महाराजा’मा सञ्जय दत्त महाराजा र प्रीति जिन्टा महारानी बन्दै


मुम्बई – बलिउड अभिनेता सञ्जय दत्त आफ्नो आगामी फिल्म ‘द गुड महाराजा’ मा महाराजाको भूमिकामा देखिने भएका छन् । यतिबेला सञ्जय दत्त र प्रीति जिन्टा आफ्नो आगामी फिल्म ‘द गुड महाराजा’ लाई लिएर चर्चामा छन्।

यो फिल्ममा सञ्जय दत्त महाराजाको भूमिकामा देखिने बताइएको छ । यससँगै प्रिती जिन्टा महारानीको भूमिकामा देखिने छिन् । फिल्मको कथा दोस्रो विश्वयुद्धको हो ।

फिल्मको छायांकन पोल्याण्ड, रुस, जर्मनी, लण्डन र गुजरातमा हुनेछ । पहिलो सुटिङ तालिका पोल्याण्डमा राखिएको छ, जसको छायांकन डिसेम्बरमा हुनेछ ।

फिल्मको आउटडोर सुटिङ ९० दिनको हुनेछ भने केही दिनको छायांकनको समयतालिका पनि गुजरातमा राखिएको छ । फिल्म ‘द गुड महाराजा’ मा गुलशन ग्रोवर, शरद कपुर, दीपराज राना, ध्रुव गुप्ताको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया