पोखरेलको बढुवा सिफारिसविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी


काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

समितिमा उजुरी परेको समितिकी सभापती सशी श्रेष्ठले पुष्टी गरेकी छिन् । उजुरी माथि छलफल हुने उनको भनाइ छ ।

पोखरेललाई १५ मंसिरमा गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

पोखरेललाई गृहमन्त्रालयको संगठन व्यवस्थापन सर्वेक्षण समितिको सिफारिस विना उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा उनको ब्याचबाट एकल बढुवा सिफारिस गरेको थियो ।

प्रतिक्रिया